हिपमत डटकम

शनिबार, माघ २२, २०७८ || 511  पटक पढिएको

गायिका सरिता भारती पछिल्लो समय गायनमा निकै सक्रिय छिन् । उनको एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजामार आईरहेका छन् । हालै मात्र आलिफ खानसँग काठो लोक गीत असारै मास साईली गीत बजारमा ल्याएकी सरिताले यतीबेला गायक सुवर्ण कुमारसँग युगल स्वरमा नयाँ लोक लयको गीत चिया पकाउ…दर्शकमाझ ल्याएकी छिन् ।

यो गीतको संगीत र शब्द पनि गायक सुवर्णकै हो । यो गीतमा संगीत संयोजन पनि सुवर्ण आफैंले गरेका हुन् ।
‘चिया पकाउ त साईली मिठो पारेर
माली गाईको बाक्लो दुध हालेर…’

यो नयाँ गीतको भिडियोमा गायिका सरिता आफैं मुख्य भूमिकामा छिन् । आफ्ना अधिकाँस गीतको भिडियोमा प्राय सरिता आफैं मोडल हुने गर्छिन ।
यो गीतको भिडियोमा गायिका सरिता र अभिनेता प्रवण भुसालबीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ । अ भिनेता प्रवण गायिका एवम् मोडल सरिताले यस अघि पनि सर्ट फिल्म द डटर र थाहै नपाई…गीतको भिडियोमा सँगै अभिनय गरिसकेका छन् । यो भिडियोमा सरिता र प्रवणसुँगै यो गीतमा विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मागराती, सुस्मिता कार्कीको अभिनय रहेको छ ।

चिया पकाउको म्युजिक भिडियोलाई सुवास बुढाथोकीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । जसमा एस कुमारको छायाँकन तथा सम्पादन र बीरेन्द्र भाट विपिनको रँग सँयोजन रहेको छ । भिडियोलाई बुढासुब्बा डिजिटलबाट बुधबार रिलिज गरिएको हो । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको गायिका सरिताले बताईन् ।

यस अघि गायिका सरिता भारतीले गायक सुवर्णसँग एउटा गजल गाएकी थिईन् । गीत निकै मिठो बनेको र सोही अनुसारको भिडियो आफुहरुले बनाएको पनि गायिका सरिताले बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!