हिन्दुहरुको महान पर्व महाशिव रात्रीको अवसरमा नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा युनिटले आज पशुपती क्षेत्रमा खानेपानी वितरण गरेको छ ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा युनिटले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ परिसरको गौशाला मा खानेपानी बितरणको आयोजना गरेको छ ।
उक्त कार्यक्रम मा कलाकार गंगाा कुवँर, नायक रोशन बिसि, नृत्य निर्देशक राजन महर्जन ,निर्देशक शंकर अधिकारी घायल ,कला राई, नायक राजु पौड्याल , कलाकार हेमलता घिमिरे, गायिका नित्याशिवा सहितको युनिटले पानी बितरण गरेका छन । चलचित्र मेरो दिल छ पोखरामा को भोलि १० गते सिटिम्याकस सिनेमा भवनमा दिउँसो १२ बजे विशेष शो को आयोजना गरिने समेत जानकारी दिएको छ ।