हिपमत डटकम

बुधबार, माघ १९, २०७८ || 440  पटक पढिएको

वीरगंज । नेपाल निजामती कर्मचारी संंगठन पर्साले शाखा अधिकृतमा सिफारिस भएका कर्मचारीहरुलाई सम्मान गरेकाे छ । संगठनले जिल्ला समन्व समिति पर्सा नजिक रहेकाे आफ्नै भवनमा बधाई तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरी पर्साका नवप्रवेशी शाखा अधिकृतहरुलाई सम्मान गरेकाे हाे ।

संगठनले शाखा अधिकृतमा सिफारिस भएका अनामिका राैनियार, संदिप कुमार पटेल, महमद नवाज हुसेन, रेखा कुमारी, राकेश ओझा, मुन्ना साह राैनियार, श्यामबाबु राउत, सुमित कुमार सिंह र गाैरीशंकर कुमार सिंहलाई सम्मान गरेकाे हाे ।

संगठन पर्साका अध्यक्ष अमिति कुमार गिरीकाे अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबादार यादव, धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राजु साह, जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज कुमार चाैधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संगठन पर्साका सचिव सुरेन्द्र यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!