हिपमत डटकम

मंगलबार, माघ १८, २०७८ || 533  पटक पढिएको

सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियुले कालो झन्डा देखाएको छ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्दै आज प्रदर्शन गरिरहेको अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आज देशैभर प्रदर्शन गरिरहेको छ।

सभामुख सापकोटालाई काभ्रेमा नाराबाजीसहित अनेरास्ववियुले कालोझन्डा देखाएका हुन्। कालोझन्डा देखाउने अनेरास्ववियु कार्यकर्तालाई प्रहरीले धपाएको थियो।

अनेरास्ववियुले आज सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि कालोझन्डा देखाएका थिए। पुल्चोकमा सञ्चारमन्त्री सवार गाडी छेकेर अनेरास्ववियुले कालोझन्डा देखाउँदै प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!