कलैया। देवताल गाउँपालिकाको नायब सुब्बा राजिव कुमार यादवको नियुक्ति सम्बन्धी छानबिन शुरु गरीएको छ।

तत्कालीन जिल्ला बिकास समितिको कार्यालय कलैया बाराको चलानि नम्बर १११०/ २०५८/०५९ मिति २०५८ साल पौष १५ गतेको पत्रबाट स्थायी नियुक्ति भएको साबिक पिपरपाती जब्दी वडा नं ९ बस्ने राजिव कुमार यादवलाई नियुक्ति गरीएको थियो। यादवलाई प्रशासन अनुदान तर्फ सहायक स्तर तेस्रो तह ( मुखिया सरह , प्रशासन ) पदमा नियुक्त गरीएको थियो। साथै पत्र सँख्या २०६२/०६३ को चलानि नम्बर ३६२० बाट स्वत: सहायक चौथो ( खरिदार , प्रशासन ) तहमा बढुवा भएका थिए।

त्यस्तै जिल्ला बिकास समिति कलैया बाराको पत्र सँख्या २०६४/०६५ को चलानि नम्बर २६ बाट ईमान्दारी पुर्बक र लगानशिलताका साथ कामकाज सम्पन्न गरेको बापत प्रोत्साहन स्वरुप २ ( दुई ) ग्रेड मिति २०६५ साल श्रावण १ गते देखि लागु हुने बृद्धि गरीएको थियो। साथै पत्र सँख्या २०६८/ ०६९ को चलानि नम्बर ९९ बाट ईमान्दारी पुर्बक र लगानशिलताका साथ कामकाज सम्पन्न गरेको बापत प्रोत्साहन स्वरुप २ ( दुई ) ग्रेड मिति २०६८ साल श्रावण १ गते देखि लागु हुने बृद्धि गरीएको थियो।

फेरी स्थानिय स्वायत शासन नियमावली २०५६ ( सँसोधन सहित ) को नियम २२५ ( १ ) बमोजिम यादवलाई अनुदान तर्फ मिति २०६९ साल जेष्ट ११ देखि नै लागु हुनेगरी पद नायव सुब्बा पाचौ सेवा प्रशासन समुह / उपसमुह सा.प्र. मा बढुवा नियुक्ति गरीएको थियो। तर यादवले मिति २०७० साल श्रावण २९ गते आफ्नो बढुवा नियुक्ति पत्र बुझेकोले शँका उत्पन्न भएको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताएका छन्।

देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत साहले प्रोत्साहन स्वरुप ग्रेड वृद्धि गर्ने नेपालको नियम कानुनमा नभएकोले यादवको नियुक्ति सम्बन्धी लगायत शैक्षिक योग्यता समेत छानबिन गर्ने बताएका छन्।

देवताल गाउँपालिकाको वडा नं ५ को सचिव पाचौ स्तरको नायब सुब्बा राजिव कुमार यादवसँग प्रतिक्रिया लिंदा जिल्ला बिकास समिति हुदाँ आफु त्यो अनुसारको प्रोत्साहन स्वरुप बृद्धि भएको तलब स्केल खाईपाई आएको तर जब देखि नेपालमा सँघियता लागु भएको हो। तब देखि नेपाल सरकारको नियम कानुन भन्दा आफु बाहिर नभएकोले नेपाल सरकारको नियम कानुन बमोजिम नै तलब खाईपाई आईरहेको बताएका छन्। साथै छानबिन गर्दा आफुलाई कुनै किसिमको अप्ठ्यारो नहुने समेत यादवले बताएका छन्।

देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत साह सँग थप प्रतिक्रिया लिंदा प्रोत्साहन स्वरुप ग्रेड वृद्धिको बारेमा आफुलाई कुनै किसिमको जानकारी नभएको तथा सो बिषयमा नायबसुब्बा यादवलाई नै जानकारी हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!