शुक्रबार, फाल्गुण ०९, २०७६ || 892  पटक पढिएको

मोरङ सुन्दरहरैचा ६ घर भई सुन्दरहरैचा भर्जना पुल स्थितमा डेरा गरी बस्ने नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलि ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । बिशेष सुराकका आधारमा हिजो साझ सँवा ७ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नर बहादुर दर्जीको कोठामा खानतलासी गर्दा नर बहादुर दर्जी सहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

यसै गरी झापाको काँकरभिट्टा सिमाढाँट एरियाबाट २ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । हिजो अपरान्ह साँढे ३ बजे भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आईरहेका स्कुटर चालक बिर्तामोड ६ बस्ने १९ बर्षीय मनिश लिम्बु र पछाडि सवार ताप्लेजुङ मिक्वाखोला-७ बस्ने २४ बर्षीय मुकेश थलाङलाइ ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । पक्राउ परेकाहरुलाई सम्बन्धीत कार्यालयमा राखी कानुनी कारबाही भईरहेको सो कार्यालयले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!