इशिका नेपाल

आइतबार, माघ १६, २०७८ || 699  पटक पढिएको

काठमाडौं। अहिलेका चर्चित गायिका रचना रिमाललाई यो स्थान सम्म पुगाउन सफल एउटा नाम हो ”शिशिर भण्डारी” करिब दुइ बर्ष अघि रचना रिमाल नेपाल आइडलबाट बाहिरीए पछि रचनाको पहिलो गित ”फोटो फिरिममा” रहेको थियो |

उक्त गितले एउटा इतिहास पनि रचेको थियो | रचना अहिलेकि व्यस्त गायिका मध्यकी एक हुन् उनले धेरै चर्चित गितहरुमा आफनो सुमधुर आवाज भरिसकेकी छिन् तर पनि आफुलाई ”फोटो फिरिममा”को गायिका भन्न रुचाउछिन् र धेरै जसो दर्शकहरु उनलाई ”फोटो फिरिममा”को गायिका भनेर चिन्ने गरेको पाइन्छ | संचारकर्मी , कलाकार , समाज सेवी हुदै गीतकार र अन्य धेरै विधाबाट आफुलाई परिचित गराएका शिशिर भण्डारीले ”फोटो फिरिममा”को मेल भर्सन , फोटो ”फिरिममा २ रुमाल चिनो छ” हुदै अहिले फोटो फिरिममाको बाल आवाजमा ”फोटो फिरिममा” चाइल्ड भर्सन ल्याउने तयारीमा रहेका छन् | त्यस्तै अहिले गायन रियालिटी सो द भ्वास अफ किड्सको सेमी फाइनलबाट बाहिरिएकी टेरेसा बिस्वकर्माको गित शिशिरले आफनै सब्द संगीतमा रेकर्ड गराएका छन् | अब केहि दिनमै गीतको भिडियो सहित सार्वजनिक गर्ने कुरा संगीतकार शिशिरले थ्री यम खबरलाई बताए |

टेरेसा बिश्वकर्मा नानी र उनको आमाको पहिलो गीत रेकर्ड हुदा आमा शिवा निकै खुशी छिन् | उनि त्यस खुशीलाइ व्यक्त गर्दा गर्दै कतै कतै भाबुक पनि बनेकी छिन् | बुवा राम बहादुर भने श्रीमती र छोरिको पहिलो गित रेकर्ड भएको मा निकै खुशी छन् र दुखि पनि थिए | छोरिको पहिलो गित सुन्न न पाएकोमा उनि निकै दुखि थिए | यो परिवारको कथा सुन्दा चलचित्रको कथा जस्तो सुनिन्छ |

यो परिवारको कथाले धेरै नेपालीको मन छोएको छ | यो परिवारलाइ अहिले बुवा राम बहादुरको कानको उपचारका लागि २५लाख रकमको आवस्यकता परेको छ | अहिले त्यहि रकम जुटाउन शिशिर भण्डारी लागि परेका छन् | संगै विभिन्न संघ संस्थाहरुको पनि साथ सहयोग बिस्तारै जुट्दै गरेको आमा शिवाले हामीलाई जानकारी दीइन | संगै प्रतिभाले भरिएकी आमा छोरिको सपनालाइ पनि शिशिरले पुरा गर्दै छन् | भण्डारीको सब्द संगीत टेरेसा बिश्वकर्मा र शिवा बिश्वकर्माको आवाज रहेको गीतको शिर्षक ‘चरी भरर’ राखिएको छ । यस गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका छन् |

कानमा समस्या भएर सुन्न छोडेका बुवा रामबहादुरले धेरै खुशी लागेको सँगै श्रीमती र छोरीले गाएको सुन्न नपाउँदा उत्तिकै दुख लागेको बताए । गीत गाउने सपना पुरा भैरहदा यो परिवार निकै खुशी देखिन्छन । गीत रेकर्ड कै क्रममा शिशिर भण्डारीले टेरेसाको बुवा राम बहादुरको उपचारका लागि देश विदेशमा रहनु भएको सहयोगीहरुले पठाएको रु २० हजार रुपैंया पनि यो परिवारलाई बुझाएका छन् । उक्त गीतको भिडियो केहि दिनमै #NayaNayaNewsNepal युटुब च्यानल मार्फत सार्वजनिक हुने शिशिरले बताए |संगै सबैलाई भिडियोको प्रतिक्क्षा गर्न र आफु हरुलाइ माया गर्न पनि यो परिवारले अनुरोध गरेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!