काठमाडौँ। ‘हेर्ने हो र देखाइदिम’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएकी मोडल जिशु कोइरालाले फेरी आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ। सुजन कंडेलको शब्द रहेको यस गीतमा संगीत राम कुमार रिमालको संगीत रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्। प्रेमिल शैलीको गीतमा नायक पुष्प खड्का र मोडल जिशु कोईराला बीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियाेमा अनिल के मानन्धरको छायाँकन रहेको छ। मिलन बिश्वकर्माले सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो। भिडियो जिशु कोइरालाको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो लिंक:

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!