हिपमत डटकम

शनिबार, माघ १५, २०७८ || 480  पटक पढिएको

काठमाडौं। गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि ‘सिंगौरी २ ‘ निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो त्यसपछि ‘सिंगौरी ३ ‘ हुदै अहिले ‘सिंगौरी ४ ‘ निर्माण गरेका छन् । ‘सिंगौरी ४ ‘ को कपिराइट्स भने निर्देशक युगल पोमो लिम्बुले खरिद गरि भिडियो निर्माण गरेका छ ।

करिब २०० भन्दा बढी म्युजिक भिडियो र एक फिल्म समेत निर्देशन गरिसकेका निर्देशक युगलले यसपाली भने निर्देशनको जिम्मा बरिस्ट नृत्य निर्देशक कमल राईलाइ सुम्पिदै आफु भने नायिका केकी अधिकारी संग अनक्रीन रोमान्स गरेका छन् ।
त्रिकोणात्मक रोमान्समा आधारित उक्त भिडियोमा युगल र नायिका केकीको अलावा मोडेल ह्यारी योन्जनको पनि अभिनय रहेको छ । प्राकृतिक स्टुडियोको रुपमा कहलिएको भैसीपाटीको श्रीकाली चौरमा छायांकन गरिएको ‘सिंगौरी ४ ‘ मा
छिरिङ्ग शेर्पाको श्रंगार तथा केश विन्यास ,सुक्निता चौलागाइको ड्रेस ,सुमित गुरुङको कोरियोग्राफी , उत्सव दाहालको सिनेमाटोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ।

विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत , नविन राइ र सुनिता थेगिनको स्वर रहेको गीतलाई वाई के फिल्म्स (YK Films)को यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोहरुमा अनयुजल कन्सेप्टहरु प्रस्तुत गर्दै आफ्नै छुटै पहिचान निर्माण गरेका निर्देशक युगल पोमो हाल हङकङमा पनि भीडीयो निर्देशनमा ब्यस्त छ पोमो लगायत सम्पूर्ण निर्माण टोली ‘सिंगौरी ४ ‘ बाट निकै आशावादी रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!