हिपमत डटकम

मंगलबार, माघ ११, २०७८ || 504  पटक पढिएको

धरान। भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा ” सै हँमा ” बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।

” सै हँमा ” र “सै हँपा” अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ। मनोज राइले भिडियो छायाँकन तथा सम्पादन गरेका हुन्। सोमबार सार्वजनिक गरिएको गीत नेपाल सहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिंगमा परेको छ। राजेश पायल राईले यस अघि पनि मेलिना मैनाली , बिसाखा साही ,सुदिता राई , सुजिता योञ्जन , इशान राई , बैशाली लामा लगायतका द भ्वाइसका प्रतियोगीहरुसँग युगल गीतहरु आफ्नै संगीतमा रेकर्ड गराएर सार्वजनिक गरेका छन्।

 

यसरी नै नयाँ प्रतिभाहरुलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिईरहने गायक राजेश पायल राईले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!