हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 995  पटक पढिएको

बुटबल। मुलुकका पाँच प्रदेशको एक दर्जन भन्दा बढी नृत्यहरु एकै थलोमा २४ जना कलाकारले सिकेका छन् । रुपन्देहीको बुटबल स्थित शँकर नगरमा गत मँगलबारबाट आयोजित नृत्य निर्देशक कार्यशाला २०७८ शनिबार सम्पन्न भएको छ । कार्यशालामा सहभागी २४ जना कलाकारलाई शनिबार प्रमाणपत्र प्रदान

हरेक नृत्यको कार्यपत्र प्रस्तुति सहित प्रयोगात्मक रुपमा सिकाईएको नृत्य सम्बन्धित नृत्य निर्देशकले कलाकारले कार्यक्रममा प्रस्तुत समेत गरिएको कार्यक्रमका सहजकर्ता एवम् सांस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापाले जानकारी गराएका छन् ।
पाँच दिनको कार्यशालामा एक दर्जन नृत्यको कार्यपत्र प्रस्तुत गरिएको छ । कार्यशालामा मँगलबाट प्रदेश १ बाट नृत्य निर्देशक नगेन्द्र राईले साकेला नृत्यको कार्यपत्र प्रस्तुतसँगै सो नृत्य सबैलाई सिकाए । नृत्य सिकेपछि सबैले नृत्य गरेर देखाए ।
यस्तै कार्यशालामा बुधबार नृत्य निर्देशक ओम प्रकाश बस्नेतले प्रदेश १ को राजबँशी समुदायको हुदुर दुरा नृत्य सिकाए । सो नृत्यको उनले कार्यपत्र पनि प्रस्तुत गरे । उनले सोही दिन कार्यपत्र प्रस्तुत गर्दै मधेश प्रदेशको सामा चखेबा नृत्यको नृत्य पनि सिकाए । कार्यशालमा सहभागी बाँकी २३ जनाले नै उनको यी दुबै नृत्य सामुहिक रुपमा प्रस्तुत गरेर देखाए ।

कार्यशालामा बिहिबार प्रदेश ३ बाट ललितपुरका सुरेन्द्र देशारले अष्ट मातृका नाचको कार्यपत्र प्रस्तुत सहित यो नाच तीन घन्टा सिकाए । यो नाच पनि सबैले सिकेर नृत्य गरेर कार्यक्रममा देखाए । बिहिबार नै बागमति प्रदेशबाट नृत्य निर्देशक मोहन तौजले काभ्रेमा प्रचलिन राजारानी नाचको कार्यपत्र प्रस्तुत सहित यो नाच सिकाए । यो नाच सिकेपछि सहभागी मध्य नृत्य निर्देशक कलाकार दिलु सुनार, पुनम थापा यो नृत्य प्रस्तुत गरेर देखाए । बागमति प्रदेशबाटै कोभिडको कारण प्रतिभा पुन उपस्थित हुन नसके पनि उनको मेहेन्दो मायाँ नाचको कार्यपत्रलाई नृत्य निर्देशक रोचक थापाले प्रस्तुत गरे । उनले सो नृत्य पनि सबैलाई सिकाए ।

यस्तै बिहिबार नृत्य निर्देशक गोरे गुरुङले गण्डकी प्रदेशबाट घाटु नाचको कार्यपत्र प्रस्तुत गरे । यो नाच पनि उनले केही घन्टा सिएका । यो नाच सिकेर सहभागी मध्य असु कुँवर, सारदा थापा र समीक्षा धेँगाले नाचेरै देखाए ।
कार्यशालामा शुक्रबार चार ओटा नाचको कार्यपत्र प्रस्तुतिसँगै नाच सिक्ने र नाचेर देखाउने कार्य भयो । शुक्रबार गण्डकी प्रदेशबाट बमबहादुर गुरुङले कृष्ण चरित्र नाच र गुरुङ समुदायको मृत्य संस्कारमा नाचिने छ्याडु (सेर्गा) नाचको कार्यपत्र प्रस्तुत गर्नुका साथै यी सबै नाच सिकाए । जस मध्य कृष्ण चरित्र नाच सिकेर परम्पारगत पोशाकमा युवराज जर्घामगर, हिमाल थापा, रविन थापा, युवराज गुरुङ, नविन गुरुङ, रोशन गुरुङ, मुकेश गुरुङ र ओसिन सारु मगरले नाचेर देखाए । यस्तै छ्याडु नाच सो कार्यशालामा सबैले सामुहिक नाचेर देखाए ।

शुक्रबार नै लुम्बिनी प्रदेशबाट थारु समुदायको नृत्यहरु पनि कार्यपत्र प्रस्तुति सहित सिकाईयो । कार्यपत्र सहित मुकेश गुरुङले रुपन्देहीको थारु समुदायको झर्रा नृत्य, अनु रचकले रुपन्देहीकै थारु समुदायको बड्की नाच र पुनम थापाले पनि त्यहीँका थारु समुहकै झुमडा नाच सिकाए । यी सबै नाच सिकेर सहभागीले नाचेर देखाए । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका नृत्य निर्देशकहरु कोरोना सँक्रमणबाट ग्रसित भएका कारण कार्यशालामा सहभागी हुन नसेको कार्यक्रम ब्यबस्थापक अनु रजकले जानकारी गराए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यशालाको शनिबार समापनमा बोल्दै प्रतिष्ठानकी परिषद सदस्य एवम नृत्य विभाग प्रमुख नमुना शर्माले सोचे भन्दा राम्रो कार्यशाला भएको बताईन् । आफुले पनि सिक्ने अबसर पाएको यस्तो कार्यशालालाई आउँदा दिनमा अझ बृहत गर्ने उनले प्रतिबद्धता जनाईन् । कार्यक्रममा नृत्य निर्देशक रोचक थापालाई १५ हजार रुपैयाँ सहित नृत्य सँगीत प्रज्ञा प्रतिष्ठानका तर्फबाट शनिबार सम्मान पनि गरियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नृत्य निर्देशक कमल राईले यस्तो मौलिक नृत्य प्रशिक्षणले लोक नेपाली नाचको प्रवर्धनमा मद्धत पुग्ने बताए । आफुले अहिलेसम्म चलचित्रमा नेपाली लोक नृत्यलाई महत्व दिँदै आएको पनि उनले बताए ।
ओमप्रकाश बस्नेत, सुरेन्द्र देशार, नगेन्द्र राई र बमबहादुर गुरुङले प्रशिक्षकको तर्फबाट बोल्दै यस्तो प्रशिक्षण कम्तीमा एक साताको राख्नु पर्ने सुझाब दिए । यस्तै प्रशिक्षार्थी मध्य रुपन्देहीका युवराज मगर, पोखराका युवराज गुरुङ र पुनम थापाले यो कार्यशाला सोचे भन्दा अझ उपयोगी भएको बताए ।

नृत्यकर्मी संघ नेपाल रुपन्देहीको सहकार्य र बुटबल उपमहानगरपालिका, तिलोतमा नगरपालिका र सैनामैना नगरपालिकाको प्रवर्धनमा यो कार्यशाला सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!