गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्दमा ‘बिस्तारै बिस्तारै’ नयाँ गीतको भिडियो’सार्वजनिक गीतकार समाजसेवी प्रतिमा गुरुङ’को शब्द रचना रहेको गायक संगीतकार चिरन्जीवी भण्डारी’को संगीतमा चर्चित गायिका मेलिना राई र गायक चिरन्जीवी’ स्वयमले गाएको प्रेम गीत (बिस्तारै बिस्तारै तिमी मेरी हुनु) गीतको भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियोमा प्रेमि र प्रेमीका’का समधुर सम्बन्धलाई देखाएको छ भन्छिन गीतकार प्रतिमा गुरुङ। प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् ।

गीतकार प्रतिमा गुरुङ’को केहि समय पहिला (आमा ओ मेरी आमा) गीत चर्चामा रहेको थियो। अहिले सार्वजनिक भएको (बिस्तारै बिस्तारै) गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालको छायांकन’ बिष्णु खड्का’को भिडियो सम्पादन रहेको छ ।

भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र जेबिका कार्कीको रोमान्टिक अभिनय रहेको छ । गीतको भिडियोलाई गायक चिरन्जीवी’को आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ।केहि समय पहिला प्रतिमा गुरुङको रचनामा बजारमा आएको गीत (आमा ओ मेरी आमा) गीत बिन्ध्यबासीनी म्युजिक अवार्डमा गीतकार तर्फ सर्बोत्कृष्ट टप ५ मा परेको थियो ।

गीतकार प्रतिमा गुरुङ भन्छिन मैले केहि समय पहिला संसारका प्रत्येक आमालाई समर्पण गर्दै ‘आमा ओ मेरी आमा’ बोलको गीतको भिडियो बजारमा ल्याएँ भने, अहिले सच्चा प्रेमी र प्रेमिका हरुलाई डेडीकेट गर्दै यो प्रेम गीत ‘बिस्तारै बिस्तारै’ गीतको भिडियो बजारमा ल्याएकी हुँ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!