हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 540  पटक पढिएको

काठमाडौँ । बहुचर्चित गायिका रचना रिमालको स्वर रहेको उड्ने रहर बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै चर्चाको केन्द्रबिन्दुमा रहेको छ ।

बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत, बरिष्ठ गीतकार किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको गीतले रिलिज गरिएको छोटो समयमा नै कैयौँ संगीतप्रेमी नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिएको संगीतकार श्रेष्ठले बताए ।

उड्ने रहर त के भो र आकाश नै भुईमा खसेपछि जस्ता मर्मस्पर्शी शब्दहरुमा गायिका रिमाल बगेर सलल पोखेका भावहरुलाई भिडियोमा कैद गरिएको छ । मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देशक अर्यालले नै गरेका हुन् । भिडियो गायिका रिमालकै अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!