बिहिबार, फाल्गुण ०८, २०७६ || 955  पटक पढिएको

सिरहाको चोहर्वामा एक महिने निशुल्क मन्टेश्वरी तालिम बुधबार बाट सुरु भएको छ । प्रदेश नम्बर–२ सरकारको सीप कार्यक्रम अन्तर्गत युके एडको आर्थिक तथा प्राबिधिक सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ सिरहाको सहकार्यमा तालिम सुरु भएको अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभएको छ । तालिममा विभिन्न मन्टेश्वरी र बोर्डिङ्ग स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिम आयोजना गरेको आयोजकले जनाएको छ ।
मन्टेश्वरी स्कुलमा अध्यापन गराउने बिभिन्न बिधिहरुको बारेमा तालिममा छलफल भैरहको अध्यक्ष रायले जानकारी दिनुभयो। रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमको प्रमुख अतिथिमा शान्ति निकुञ्ज बिधालय चोहर्वाका संस्थापक रामप्रकाश सिंह रहेको थियो भने कार्यक्रमको उदघोष जागरण नेपालका सचिब सरोज रायले गरेका थिए । २४ जनाको सहभागीता रहेको तालिमकोको सहजिकरण सोनि पौडेल तामाङले गरिरहेको छ ।
उदघाटन समारोहको अध्यक्षता स्वस्तिक पाठ्शाला मिर्चैया को सह प्राध्यापक लक्षमण गिरि गरेका थिए । तालिम पश्चात सहभागी सबै जनालाई रोजगारीको ग्यारेन्टी समेत गरिने छ । यस अघि लहान र बर्दिबासमा मन्टेश्वरी तालिम सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!