हिपमत डटकम

आइतबार, माघ ०९, २०७८ || 580  पटक पढिएको

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्सामा अब्दुल रहिम (मञ्जुर) अन्सारी अध्यक्ष रहेको जिल्ला समितीले नै वैद्यानिकता पाएको छ ।
पार्टीका मधेश प्रदेश समितिका उपाध्यक्ष सुशिल यादवले प्रेस विज्ञप्ती जारी गर्दै अन्सारीको अध्यक्षतामा गठीत तदर्थ समितिी नै आधिकारिक भएको दावी गरेपछि उक्त समितिले वैद्यानिकता पाएको हो ।

यसअघि मधेश प्रदेश समितिका सचिव दिनेश कुमार यादवले जारी गरेको विज्ञप्ती एकलौटी र मनोमानी रहेको बताउँदै उपाध्यक्ष साहले विज्ञप्तीमार्फत आपत्ति जनाएका छन् ।

झण्डै दुई तिहाई सदस्यको बहुमतका आधारमा गठीत समिति नै आधिकारिक भएको बताउँदै उनले यस विषयमा मधेश प्रदेश समितिको बैठक बसेर छलफल गरी निस्कर्ष निकाल्ने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

मुख्य सचिव यादवले व्यक्तिगत रुपमा हस्ताक्षर गरेर जिल्ला समितिलाई आधिकारिक हो भनेर भ्रम फैलाएकोमा पनि उनले विज्ञप्तीमार्फत खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!