हिपमत डटकम

शनिबार, माघ ०८, २०७८ || 414  पटक पढिएको

जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ ओटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । जिल्ला प्रहरीले आफ्नै श्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं’ प्रनाउ गौतमले भने, मास्क वितरणसँगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौं ।

जिल्ला प्रहरी कार्यालय, ७ वटा इलाका प्रहरी, १ नगर प्रहरी, १६ प्रहरीचौकी र अस्थायी प्रहरी चौकीहरूबाट सर्वसाधारणलाई मास्क वितरण गरिएको हो । प्रहरीले जिल्लाको मुख्य व्यापारिक केन्द्रहरू गाईघाट, कटारी, बेल्टार, मुर्कुचीमा दिनभर खटिएर मास्क वितरण गर्‍यो । बजार क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत विभिन्न युनिटहरूले वितरण गरेको थियो । प्रहरीले मास्क वितरणसँगै कोरोनाविरुद्ध सचेत रहन सचेतना जगाउने काम गरेको छ । कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!