हिपमत डटकम

शनिबार, माघ ०८, २०७८ || 244  पटक पढिएको

नेपाली फिल्ममा निर्देशक तुलसी घिमिरेको योगदान अतुलनीय छ । उनको नामबिना नेपाली फिल्म नै अधुरो र अपुरो हुने गर्छ । दयनीय अवस्थाबाट गुज्रिएको नेपाली फिल्मलाई उनको आगमनले जीवन दिएको थियो । ‘कुसुमे रुमाल, चिनो, लाहुरे, दक्षिणा, अन्याय, बलिदान, देवता, दर्पण छाँया’ लगायतका फिल्ममा मौलिक कथा पस्किएर उनले नेपाली फिल्मको रुपरंग नै बदलिदिए ।

धेरैलाई थाहा भएको कुरा नै हो, तुलसी घिमिरेको जन्मथलो नेपाल होइन । दार्जिलिङको कालिम्पोङमा उनको जन्म भएको हो । बाल्यकालदेखि नै फिल्मप्रति रुची भएका उनी सुपरस्टार राज कपुरको ठूलो फ्यान थिए । अन्ततः उनी राज कपूर जस्तै बन्ने सपना बोकेर बम्बई (मुम्बई) पुगे । त्यहाँ सम्पादनको काम सिकिरहँदा उनलाई गुरुले १० वटा नेपाली फिल्म बनाउन गुरु दक्षिणा दिए ।

गुरुको वचनलाई शिरोधर गर्दै नेपाल आएका तुलसी घिमिरेले सन् १९८१ मा पहिलो पटक फिल्म ‘बाँसुरी’ बनाए । यसपछि उनले नेपाल र नेपाली फिल्मलाई कहिल्यै छाड्न सकेनन् । तर, नेपाली फिल्म क्षेत्रलाई यति ठूलो योगदान दिएका तुलसी घिमिरेसँग नेपाली नागरिकता भने छैन । उनले नेपाली नागरिकता लिने प्रयास गरे पनि सुनवाई भएन । तर, उनी कहिल्यै निराश भएनन् ।

हालै एक टेलिभिजन कार्यक्रममा नागरिकताको विषयमा उठेको प्रश्नमा उनले नेपालमा बसिरहँदा आजसम्म आफूले नागरिकताका कारण कुनै अप्ठ्यारो भोग्नु नपरेको बताए । तर, सम्मानीत नागरिकता पाए हुन्थ्यो भन्ने इच्छा उनको अझै पनि छ । जन्मभूमि (भारत) र कर्मभूमि (नेपाल) आफ्नो भावनासँग निकै नजिक रहेको र दुईमध्ये एउटालाई छान्न नसक्ने तुलसी घिमिरे बताउँछन् ।

उनी भन्छन्, ‘जन्मभूमि र कर्मभूमि मेरो भावनासँग एकदमै नजिक छन् । मेरो मातृभूमि हिन्दूस्तान हो । र, मैले भगवानभन्दा माथि राखेको मेरी आमा हो । मेरो कर्मभूमि (नेपाल) आमाको मातृभूमि हो । मेरो मातृभूमि र आमाको मातृभूमिसँग जोडिएको मेरो भावनाको स्तरमा कोही पुग्न सक्दैन ।’ तुलसीले कुनै बेला नेपाली नागरिकता लिएर अस्कार जित्ने सपना देखेको पनि स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!