हिपमत डटकम

बिहिबार, माघ ०६, २०७८ || 311  पटक पढिएको
साभार - रातोपाटी

झापा। जिल्ला प्रशासन कार्यालय झापाले पुस अन्तिम साता कोरोना प्रोटोकल जारी गर्‍यो । जसमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुनेलगायत उल्लेख थियो । दिनप्रतिदिन कोरोना ग्राफ बढेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रोटोकल जारी गरेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयले कडाइ नगर्दा उसले जारी गरेका निर्देशन कागजमै सीमित भएको छ । जिल्लामा सार्वजनिक स्थानमा भिड उस्तै छ । मेला, मनोरञ्जनस्थल खुलै छन् । जहाँ सामान्य स्वास्थ्य मापदण्ड पनि पूरा भएको देखिँदैन । भौतिक दूरी त के मास्कको समेत प्रयोग भएको पाइँदैन ।

१ माघमा प्रत्येक वर्ष लाग्ने माई मेला यसपटक पनि लाग्यो । माई मेला लाग्ने माई नदी शिवसताक्षी र कनकाई नगरपालिकामा पर्छ । यी दुई स्थानीय तहले माई मेला यसपटक नलगाउने निणर्य गरेका थिए । तर, प्रशासनको कमजोरीका कारण भीड भने घटेन । ‘यो धार्मिक आस्थासँग जोडिएको ठाउँ हो । पहिलाको जस्तो भिड त भएन । तर, केही मानिस आएका थिए,’ झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल भन्छन्, ‘यहाँ म एक्लै हुन्छु होला भन्दै आउनेका कारण केही भीड भएको छ ।’

प्रजिअ रिजाल अन्य ठाउँमा भिडभाड नभएको दाबी गर्छन् । तर, सार्वजनिकस्थलमा र गुम्ने ठाउँमा भिड उस्तै छ । ती ठाउँमा प्रशासनको उपस्थिति नै छैन । वनभोज खाने, गुम्ने लगायतका कारण जिल्लाका केही पर्यटकीयस्थलमा भिड उस्तै छ । जिल्ला प्रशासन कार्यालयले चासो नदिँदा मनोरञ्जनस्थल फनपार्कमा भिड नियन्त्रण हुन सकेको छैन । झापामा रहेका दर्जन बढी फनपार्कमा साँझ परेपछि थामिनसक्नु भिड हुन्छ । गत २५ पुसमा शिवसातक्षीस्थित झिलझिलेमा उद्घाटन भएको वाटर किङ्डम पार्कमा दैनिक कन्सर्ट भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले यसको उद्घाटन गरेका थिए । तर, यो कन्सर्ट रोक्न जिल्ला प्रशासन कार्यालयले ध्यान दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!