हिपमत डटकम

बुधबार, माघ ०५, २०७८ || 347  पटक पढिएको

बुटबल। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा रुपन्देहीको शँकरपुर (बुटबल)मा यतीबेला नृत्य सिक्ने सिकाउने कार्यशाला चलिरहेको छ । मँगलबारबाट त्यहाँ राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ सुरु भएको हो ।

पहिलो दिन मँगलबार प्रदेश १ बाट नृत्य निर्देशक नबिन्द्र राईले यो कार्यशालामा साकेला नृत्य सिकाए । उनले कार्यशालामा साकेलाको कार्यपत्र पनि सो क्रममा प्रस्तुत गरे । यस्तै सो कार्यशालामा प्रदेश १ बाटै ओम प्रकाश बस्नेतले राजबँशी सुमदायको हुदु दुरा नृत्य सिकाए । उनले यो नृत्यको कार्यपत्र पनि प्रस्तुत गरे । उनले बुधबार सतार नृत्य र प्रदेश २ को सामा चखेवा नृत्य प्रशिक्षणसँगै कार्यपत्र पनि प्रस्तुत गरे ।
यो कार्यशालाको मँगलबार दिउँसो लुम्बिनी प्रदेशकी कानून, महिला बालबलिाका, जेष्ठ नागरिक तथा संस्कृति मन्त्री रमा घर्तीमगरले उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनी प्रदेशमा पनि चाँडै लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने बताईन् । यो कार्यशालामा सहभागीले एक आपसमा नृत्य सिक्नु सिकाउनु प्रसँसनीय कार्य भएको उनले बताईन् ।

८ माघसम्म चल्ने यो कार्यशालामा सहभागी सबैले एउटा एउटा नृत्य प्रशिक्षण दिनुका साथै सम्बन्धित नृत्यको कार्यपत्र पनि प्रस्तुत गर्ने सहजकर्ता राजेश थापाले कार्यक्रममा बताए । उनका अनुसार कार्यशालामा ७ वटै प्रदेशबाट २४ जना नृत्य निर्देशक तथा कलाकारहरुले सहभागी भएका छन् ।

नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य तथा नृत्य विभाग प्रमुख नमुना शर्माले एकले अर्कालाई सिक्न सिकाउनका लागि आफुहरुले नेपाल भरका नृत्यकारहरुलाई एकै थलोमा ल्याएको बताईन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कार्यशालामा आफुले पनि धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे । उनले आफ्नो प्रतिष्ठानले पनि आगामी दिनमा यस्ता उपयोगी मुलक कार्य गर्ने बताए ।
यस्तै प्रदेश ३ बाट भक्तपुरको राजारानी नृत्य प्रशिक्षण एवम् कार्यपत्र प्रस्तुत हुनेछ । प्रदेश ३ बाटै सुरेन्द्र देसार लिलतपुरको धिमे, घिन्तामै नृत्य प्रशिक्षण एवम् कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यशालामा गोरे गुरुङ, बमबहादुर गुरुङ, राजबहादुर गुरुङको समुहले गण्डकी प्रदेशबाट कृष्ण चरित्र, सोरठी, घाटु र कौडा नृत्यको कार्यपत्र प्रस्तुतसँगै नृत्य प्रशिक्षण दिनेछन् ।

यो कार्यशालामा सुदुरपश्चिम प्रदेशबाट छलिया, हुड्केली नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुति कार्यक्रम रहेको सहजकर्ता राजेश थापाले जानकारी गराएका छन् । यसै गरी कर्णाली प्रदेशबाट सरँग्या, पैंस्यारु र ट्याम्कुली नृत्य प्रशिक्षणसँगै यी नृत्यको कार्यपत्र प्रस्तुत गरिने भएको छ । लुम्बिनी प्रदेशबाट अनु रजकले थारु समुदायको बड्की र झर्रा नृत्य प्रशिक्षणसँगै कार्यपत्र प्रस्तुत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!