हिपमत डटकम

बुधबार, माघ ०५, २०७८ || 281  पटक पढिएको

चकलेटी नायक आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । ‘डेस्टिनेशन काठमाडौं, ब्ल्याक, निर्भय’ जस्ता फिल्मका निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । सोमवार दुवै पक्षबीच कागजी सम्झौता भएको छ । टाइटल गोप्य राखिएको फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिए ।

आरआर फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म म्यूजिक लभस्टोरीमा निर्माण हुनेछ । फिल्ममा आर्यनको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीको पनि टुंगो लागेको छैन । ‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर आउँदो बैशाखबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक भट्टराई छन् । यसअघि उनी निर्माण घोषणा गरेर राखेको फिल्म ‘हामी तीन भाई’ को छायांकन पूरा गर्ने योजनामा छन् ।

आर्यन सिग्देलले पहिलो लकडाउनपछि फिल्म ‘डिसेम्बर फल्स’ मा काम गरेका थिए । यो फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ । यस लगत्तै उनले कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने फिल्म ‘मिरर’ साइन गरेका थिए । तर, कोरोनाका कारण यो फिल्म छायांकनमा जान सकेको छैन । उनले ‘मिरर’ पछि मात्र मधुसुदनको फिल्ममा अभिनय गर्ने जानकारी प्राप्त छ ।

यतिबेला आर्यन सिग्देललाई आफ्नो करिअर बचाउने एउटा तगडा फिल्म चाहिएको छ । फिल्म ‘क्लासिक’ पछि उनले अभिनय गरेका फिल्महरु असफल हुँदा उनको स्टारडम कमजोर बनेको छ । तर, उनीमाथि निर्माताको विश्वास अझै घटेको छैन । कोरोना महामारीकै समयमा उनले तीनवटा फिल्म साइन गरिसकेका छन् । अरु केही फिल्महरुमा पनि उनको कुरा भइरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!