हिपमत डटकम

मंगलबार, माघ ०४, २०७८ || 368  पटक पढिएको

काठमाडौं, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-४ सघर्षनगर छेदिया बस्ने २३ वर्षीय बिमल थारुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!