रौतहट।रौतहट जिल्लाको सदरमुकाम गौरमा एक नक्कली मोबिल बनाउने कम्पनीमा प्रहरीले छापेमारी गरि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लगभग २ बर्ष देखि रौतहटको गौर नगरपालिका वडा नंबर ५ बरहवा पुल पारी गौर पिपरा सडक खण्डमा राजदेवी नगरपालिका वडा नंबर ९ ब्रहम्पुरीका बिरेन्द्र सिंहको २८ बर्षीय छोरा राना रौशन सिंहले भाडाको घरमा विभिन्न कम्पनीको नक्कली मोबिल बनाई बिक्रीवितरण गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटको बिशेश टोलीले छापेमारी गरेका छन्।

सिंहले बरहवा पुल पारी शिव शक्ति अटोमोवाइल पसलको आडमा नजिकै रहेको सुधिर साह तेलीको घरमा नक्कली मोबिल बनाउने २ सय लिटरको २ वटा ड्रम, विभिन्न कम्पनी क्यास्टोल, हिरो, बजाज कम्पनी नक्कली मोबिल पैक अवस्थामा राखिएको ३ हजार बट्टा, खालि ड्रम तथा अन्य भण्डारण गरि राखिएको भन्सार छल्लीका मोटरसाइकलको स्पेयर पार्टहरु बरामद गरिएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जनाएको हो। सो नक्कली मोबिलको थोक एवं खुद्रा बिक्रेता रहेको राजदेवी नगरपालिका वडा नंबर ९ ब्रहम्पुरीका ४२ बर्षका हरेन्द्र सिंह तथा हेलमेट हाउसका संचालकलाई पनि पक्राउ गरेको हो।

हेलमेट हाउसका संचालक सिंहले गौरको बिपी चौकमा थोक एवं खुद्रा बिक्रेताको पसल थापी बढी पैसा कमाउने लोभमा पनि गौरमा अवस्थित दर्जनौं भन्दा बढी मोटरसाइकल मर्मत पसलहरुलाई यी कम्पनीका नक्कली मोबिल प्रगोग गराउने गरेको हो। गौरमा संचालित दर्जनौं भन्दा बढी मोटरसाइकल मर्मत पसलहरुमा तथा अन्य जिल्लामा पनि क्यास्टोल,हिरो,बजाज,सर्वो कम्पनीका नक्कली मोबिलहरु प्रयाप्त मात्रा रहेको एक पस्ले संचालकले जनाएको हो।

भने सम्बन्धित सो-रुम बाहेक अन्य ठाउँमा गराएको मोटरसाइकल सर्भिसिङ्गमा यी नै कम्पनीका नक्कली मोबिल प्रयोग भएको एक जना पस्लेले नाम नखोल्ने सर्तमा बताएका छन्।यी नक्कली मोबिल बजारमा फालमफाल रहेको खण्डमा अहिले अधिकाशं मोटरसाइकलहरुको माईलेज कम हुने र चाँडै ईन्जिन मर्मत गर्ने गरेको उपभोक्ताहरुले बताउँछन्। पक्राउ परेका दुवै जना माथि कालाबजारी मुद्दा दायर गरि थप अनुसन्धानका लागि जिल्ला अदालत गौरमा ५ दिने म्याद थप भएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जनाएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!