हिपमत डटकम

सोमबार, माघ ०३, २०७८ || 460  पटक पढिएको

काठमाडौँ। नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। ‘स्वतन्त्र मन’ बोलको रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन्।

राजन इशानको संगीत संयोजन रहेको गीत सुमधुर बनेको छ। डा.प्रकाश पौडेलको शब्दलाई संगीतकार राज सागरले न्याय दिन सफल बनेका छन्। गीतको अडियो अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ। बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायाँकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन्।

सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन्। भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!