सुनसरीको बर्जु गाउँपालिकाको चिमडीमा तेस्रो कोरोना लहरका बीच पनि तेस्रो बर्जु महोत्सव संचालनमा रहेको छ । तेस्रो कोरोना भाइरस ओमिक्रोनको लहर दिनप्रतिदिन बढ्दै गएपछि बर्जु गाउँपालिकामा बर्जु महोत्सव संचालनमा रहेको छ । पुस २४ गतेदेखी संचालनमा आएको बर्जु महोत्सवमा रमाइलो मेला सहित साँस्कृतिक साँझ समेत आयोजना हुने गरेको छ ।

 

तेस्रो कोरोना भाईरस ओमिक्रोनको लहर सुनसरीमा समेत बढ्दो देखा पर्दा समेत सुनसरी प्रशासनको आँखा पुगेको छैन् । रमाइलो मेलामा समेत धेरै भीडभाड भएको र सांस्कृतिक साँझ समेतमा दर्शकहरुको भीड रहेपनि ते्रसो बर्जु महोत्सवमा भारतीय कलाकारहरुलाई निम्त्याएको छ । नेपाल सरकारले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने घोषणा गरेसँगै २५ देखी ५० जनासम्म भेला हुने निर्णय गरेपनि बर्जु महोत्सवमा हजारौंको भीड रहेपनि कसैको आँखा नपुगेको स्थानीयहरुको गुनासो रहेको छ ।

कोरोना महामारी बढेसँगै सरकारले सार्वजनिक स्थलमा धेरै व्यक्तिहरुको भेला हुनमा रोक लगाएपनि बर्जु महोत्सवले सरकारको नियमलाई उल्लघन गर्दैै धज्जी उडाएको पाइएको छ । सुनसरीको बर्जु गाउँपालिका स्थित बर्जुतालमा तेस्रो बर्जु महोत्सवको उपलक्ष्यमा पुस ४ गते भारतको बिहार राज्यबाट भोजपुरी स्टार खेसारीलाल यादवको टिम आउँने भएको छ । पुस ४ गते मंगलवार भारतीय कलाकार खेसारीलालको कार्यक्रम हेर्ने दर्शकहरुको भीडभाड धेरै हुने अनुमान गरिएको छ । सो दिन दिउँसो ११ बजेबाट साँस्कृति कार्यक्रम संचालन हुने व्यापक प्रचार प्रसार गरिएको छ । यस्तो बिषम परिस्थितीमा बर्जु महोत्सवमा मनाउने कार्यक्रमहरु रोक लगाउनु पर्नेमा उल्टै हाउभाउका र हजारौको भीडका साथ मनाउने गरिरहेको बेला पनि सुनसरी प्रशासनले रोक नलगाएको स्थानीयबासीहरुको आरोप छ ।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बर्जु महोत्सवमा दिनप्रतिदिन भीड बढ्दै गएकोले आइतवार लिखित रुपमा बन्द गर्न आदेश गरिएको बताए । बर्जु गाउँपालकाकाले पनि यस्तो अवस्थामा बिचार गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लिखित रुपमा बन्द गर्न आदेश गरिएको उनले बताए । नेपाल सरकार र सुनसरी प्रशासनको आदेशलाई पालना गरि सबैले यस्तो परिस्थितीमा साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए । यस बिषयमा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन सम्र्पक हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!