सुरिलो स्वरकी धनी गायिका खुसी थुलुङ राइले एउटा निकै नै राम्रो डान्सिङ नम्बर गीत ‘बोलु बोलु लाग्छ मलाई ‘सार्वजनिक गरेकी छिन ।१६ बर्ष उमेर पुगेपछि हरेक युवतीहरुको मनका भावनाहरु के के हुने गर्छन त्यी सम्पूर्ण भावनाहरु गीतकार एबम संगीतकार कन्चन थलङ लिम्बुले गीतमा समेटेका छन् ।

स्टेजमा नृत्य गर्न समेत पूर्णलायक उक्त गीतलाई गायिका थुलुङले गायकिमा पूर्णरुपमा न्याय दिएकी कन्चन बताउछन।स्वदेशमा मात्र नभएर विदेशमा समेत निर्देशन गरिरहेका लोकप्रिय युवा निर्देशक युगल पोमोले निर्देशन गरेको ‘बोलु बोलु लाग्छ मलाई ‘को भिडियोमा ह्यान्डसम मोडेल ह्यारी योञ्जन र टिक टक क्विन भनेर समेत चिनिएकी बिना राउतको अभिनय रहेको छ ।

भिडियोमा निर्देशक पोमो र साल्मोन तामांगको कोरियोग्राफी छिरिङ्ग शेर्पाको श्रंगार र सुक्नीता चौलागाईको पोशाक रहेको छ । गायिका खुसी थुलुङको अफिसियल युट्युब च्यानल ( Khushi Thulung )बाट सार्वजनिक भिडियोलाइ तेलकोटको रमणीय दृश्यमा छायांकन गरिएको छ ।भिडियोमा बरिस्ठ शिव ढकालको सिनेमाटोग्राफी , अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!