इशिका नेपाल

शनिबार, माघ ०१, २०७८ || 560  पटक पढिएको

काठमाडौं । संगीतकार तथा गायक विपिन घिमिरे र गायिका सुजाता केसीले युगल स्वरमा नयाँ लोक शैलीको गीत ‘जाल बुन्यो माकुरीले…’ बजारमा ल्याएका छन् । यो गीतलाई काठमाडौंमा एक मसारोहबीच शुक्रबार साँझ रिलिज गरिएको हो । यो गीतलाई शिब अधिकारीले लेखेका हुन् । जाल बुन्यो माकुरीलेमा संगीत विपिन घिमिरेको र संगीत संयोजन सञ्जय श्रीपालको रहेको छ ।

यो गीतको भिडियोमा दुई जुम्ल्याहा युवा युवतीको अभिनय रहेको छ । जुम्ल्याहा पुरुष मोडल अमर दाहाल, अमृत दाहाल, महिला मोडल प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय यसमा रहेको छ । गीतको भिडियोलाई केही रोचक बनाउन पनि आफुहरुले दुई जना जुम्ल्याहा जोडीलाई प्रस्तुत गरिएको गायक विपिनले बताएका छन् ।

लामो समयपछि आफुहरुले फेरीसँगै जोडीको रुपमा भिडियो गर्न पाउँदा जुम्ल्याहा मध्यका मोडल अमृत दाहालले भिडियो रिलिजका क्रममा बताए । आफुहरुको यो भिडियोमा निकै मेहनत गरेको उनीहरुको भनाई थियो ।

रामजी लामिछानेको निर्देेशन तथा कोरियोग्राफीमा तयार भएको जाल बुन्यो माकुरीलेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । जसमा मान कृष्ण महर्जनको छायाँकन रहेको छ । गीतलाई राजेन्द्र मोक्तानले कलर करेक्सन गरेका हुन् । यो गीतको भिडियोलाई सुजाता केसीको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!