
काठमाडौं उपत्यकामा २२१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।

यसैगरी, काठमाडौं उपत्यकामा १२८१४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०६१, ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।