हिन्दू परिषद नेपाल जिल्ला कमिटी सर्लाहीले आज मलंगवामा नगर कमिटि गठन गरेको छ।
जिल्ला उपाध्यक्ष योगेन्द्र सराफ र जिल्ला प्रवक्ता सोनू सिंहको बिशेष सक्रियतामा गठन भएको कमिटीमा मलंगवा नगर इन्चार्जमा धीरेन्द्र मिश्रा र नगर अध्यक्षमा नागेन्द्र साह,उपाध्यक्षहरु रोहित मिश्रा र अभिमन्यु यादव,सचिव अनिल यादव, सह-सचिव बिकास गुप्ता,कोषाध्यक्ष सुबोध हरि राजोपाध्याय,कार्य समिति सदस्यहरुमा निखिल झा,कृष्ण कान्त ठाकुर,मिन्टू झा,केसव झा सहित १८ सदस्यीय कमिटी गठन एवं ३ सदस्यीय संचार समन्वय कमटीको संयोजकमा सोनू सिंह,सदस्यहरुमा धीरेन्द्र मिश्रा र निखिल झा रहेका छन।
अगामी दिनमा जिल्ला भरी संगठन बिस्तार गरी मुख्य कार्यालय मलंगवामा स्थापना गर्ने योजना रहको जिल्ला प्रवक्ता सोनू सिंहले बताए।