हिपमत डटकम

शनिबार, माघ ०१, २०७८ || 648  पटक पढिएको

सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक बढ्न थालेको त्यहाँको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारमात्र जिल्लाभर पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका चार पुरुष र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको हो । बिहीबार पाँच महिला र चार पुरुष गरी नौ जनामा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी एकै स्थानमा एकैपटक २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । सङ्क्रमणको सम्भावनालाई मध्यनजर गर्दै विद्यालय सञ्चालन र पठनपाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचनाबमोजिम गर्न गराउन सबै स्थानीय तहलाई निर्देशन पनि दिएको छ ।

बैठकले सङ्क्रमण वृद्धिदर उच्च रहेको निष्कर्ष निकाल्दै जिल्लावासीमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!