हिपमत डटकम

शनिबार, माघ ०१, २०७८ || 480  पटक पढिएको

काठमाडौँ। मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ। अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ। नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन। राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो।

 

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ। त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल हुन खुशी अधिकारी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन। मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल खुशी अधिकारीले दर्जनौ म्युजिक भिडियो, टेलिसिरियल र सर्ट मुभिमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरि सकेकी छिन। हट एण्ड बोल्ड सिन दिन समेत तयार उनि जस्तोसुकै परिस्थितिमा पनि चर्चित र लोकप्रिय हुन चाहन्छिन।

 

अभिनयमा पोख्त मोडल खुशी अधिकारी सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण ह। उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन। मोरङमा जन्मेर हुर्केकी खुशी हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन। मोडल खुशी भन्छिन यदि चलचित्र, सर्ट फिल्म, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन।

 

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने खुशी अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन। खुशीले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु। उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो। एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि खुशी अधिकारि बताउछिन।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!