हिपमत डटकम

शुक्रबार, पौष ३०, २०७८ || 647  पटक पढिएको

श्याम सुन्दर सुतिहार
विराटनगर । जनमत पार्टीले शुरु गरेको किसान आन्दोलनको १६ औ दिन भारी संख्यामा मोरंगको किसनहरुले ट्र्याक्टर सहित सडकमा जुलुस प्रर्दशन गरी महेन्द्र चौकमा कोण सभा गरेका छन् ।

सो सभालाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य प्रमेश्वर मर्मुले भन्ने किसानले लगाएको बालीबाट नेताहरुले पेट भर्ने तर किसानहरुको समस्यालाई समाधान गर्न वेवास्ता गर्ने देखिएकोले किसन आन्दोलन अझ चर्किने वताए । वर्तमानमा रहेको कृषि मन्त्रीले किसानको समस्यालाई समाधान गर्न नसके तुरुन्त राजीनामा दिनुपर्ने माग समेत गरेको थियो ।

भूसको आगो जसरी विस्तारै फैलिन्छ त्यसरी नै किसानको आन्दोलन फैलि रहेको छ समयमा नै सरकारले किसानको समस्या समान गर्न उच्च स्तरीय समिति गठन गरी समस्या समाधान नगरे किसानहरुले अझ सडक तताउने र सरकारलाई घुडा टेकाउने अर्को केन्द्रीय सदस्य तथा जनमत पार्टीको प्रवक्ता सुर्य देव यादव वताए ।

जनमत पार्टीले सुरु गरेको किसान आन्दोलन अनिश्चितकालका लागी जारी राख्ने घोषणा अन्तर्गत प्रदेश नं. १ को राजधानी विराटनगरको मुख्य बजार महेन्द्र चौकको कोण सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सुनिता सरदारले भने किसानको उत्पादनले नेताहरु रजाई गर्ने तर किसानलाई चाहिने मल, विउ, समयमा उपलब्ध नगराउने नलायक सरकारको कृषि मन्त्रीले अविलम्ब राजीनामा दिएर आन्दोलन कारी किसान संग वार्ता गर्न आग्रह गर्दै अन्यथा किसानको आन्दोलनबाट हुने क्षतिको जिम्मेवार सरकार नै हुने वताए ।

सोही सभालाई सम्बोधन गर्दै जनमत पार्टी विराटनगर महानगर पालिका संयोजक अरुण कुमार मण्डलले भने किसान आन्दोलनलाई हल्का रुपमा नलिन सरकारलाई आग्रह गर्दै ८५ प्रतिशत कृषि पेशामा आधारीत नेपाली कृषकहरुले वर्षौ देखि सरकारको थिचोमिचो सहदै आएको छ तर अब किसानको आन्दोल भुसको आगो भई सकेको छ किसानहरुले आफ्नो अधिकार सडकवााटै लिने विचार औल्याए ।

किसनाहरुको खुनपसीनाको कमाईबाट गाडीमा कुद्ने नेताहरुले किसानको समस्याप्रति वेवास्ता गरेमा त्यसको ठूले मुल्य चुकाउनु पर्ने भन्दै अहिले नेपाली किसानहरुले नेपालमा मल, विउ पाउँदैन भारतवाट ल्याउँदा सरकारकै प्रहरी प्रशासनले घुसमाग्ने, घुस नदिए पक्रिने, सवारी साधन लिलाम गर्ने जस्ता अराजक गतिविधी गरी रहेको आरोप शिक्षक तथा बुद्धिजीवी अमरचन्द मुखियाले लगाए ।
किसन आन्दोलनले विस्तारै किसानहरुको आँखा खोल्दै गई वरहेको छ । मधेशका जिल्लाहरुमा भएको आन्दोलनमा दिनानुदिन किसानहरुको संख्या सडकमा बढ्दै गई रहेको छ । समयमै सरकारले किसनहरुको मागलाई सम्बोधन नगरे किसान आन्दोलन अझ चर्किने जनमतका नेताहरुले दावी गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरुले मोरंग, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, रुपन्देही, कैलाली लगायतको जिल्लाहरुमा आन्दोलन तथा जनप्रदर्शन गर्दै आएका छन्
कृषि गर्ने समयमा मलखाद्द तथा बिउबिजनको व्यवस्था नहुँदा किसानहरुलाई वर्षेनी समस्याको सामना गर्नुपरेको हुनाले त्यसको समाधानका लागी जनमत पार्टीले आन्दोलन थालेको नेताहरुको भनाई छन् ।
१६ औ दिनको किसान आन्दोल जनमत पार्टी मोरंगका अध्यक्ष बुद्धी माझीको संयोजकत्वमा भएको थियो ।

जनमत पार्टीको किसान आन्दोलनका मागहरु
जनमत पार्टीले किसानको माग सम्बोधन गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थापन गर्नुपर्ने, सिचाईको व्यवस्था गर्नुपर्ने, नसके सिंचाइको लागि विद्युत निःशुल्क उपलब्ध गर्नुपर्ने, हावाहुरी र वर्षाले भएको बालीनालीको क्षति वापत राहत दिनुपर्ने, फसलको उचित समर्थन मूलय निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने माग अगाडी सारेका छन् ।
त्यसैगरी किसान कार्ड व्यवस्था गरी–किसान कार्ड देखाएर सीमानाकाको वजारबाट सामान ल्याउन पाउने व्इवस्था गर्नुपर्ने, किसानलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनाली वीमा हुने सुनिश्चितता गर्नुपर्ने, किसानमाथि दमन बन्द गर्नुपर्ने लगायत १२ बुद्धे माग राखेर अनिश्चि कालीन आन्दोलन पुस १५ देखि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!