हिपमत डटकम

शुक्रबार, पौष ३०, २०७८ || 627  पटक पढिएको

काठमाडौं। समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ। यस गीतमा युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतमा शब्द अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको रहेको छ। दिप घतानीले संगीतवद्द गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन्। भिडियोमा पल शाह र प्रियाना आचार्यको जिवन्त अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो। कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यम बाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छन् भन्ने उदेश्यका यो म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!