बिहिबार, फाल्गुण ०८, २०७६ || 1437  पटक पढिएको

संसारमा एकभन्दा एक सुन्दर र महङ्गा भवन छन् । संसारमा भएका यस्ता भवनहरुका आर्कषण के हुन् त भन्ने धेरैलाई चासो हुन्छ । संसारका चर्चित भवनहरुमध्ये ५ चर्चित भवनहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।

१. अबराज अल–बैत : साउदी अरबको मक्कामा रहेको ‘अबराज अल–बैत’ नामको यो भवनमा १२० तला रहेका छन् । यो विलासी होटलको निर्माण सन् २००४ मा सुरु भएको थियो भने ८ वर्षपछि निर्माण सम्पन्न भएको थियो । यो भवनको उचाई ६०१ मिटर रहेको छ । यसको मुख्य आर्कषण ५३० मिटर अग्लो, ४३ मिटर चौडाई, ४३ मिटर लामो घडी आदि रहेका छन् । उक्त घडी विश्वकै अग्लो मानिन्छ । यो भवनलाई ‘मक्का रोयल क्लक’ नामबाट पनि चिनिन्छ ।

२. मरीना बे स्यान्डस् : सिंगापुरमा रहेको यो भवन पर्यटकका लागि मुख्य आर्कषणको रुपमा रहेको छ । महङ्गो रिसोर्टको रुपमा रहेको यो भवनको निर्माण ५.५ बिलियन डलरमा भएको हो । यो भवनभित्र रेस्टुरेन्ट, होटल, प्रदर्शनी सेन्टर, थियटर जस्ता मनोरञ्जनस्थल रहेका छन् । यसमा ५५ तला छन् भने २०० मिटर उचाईमा निर्माण भएको छ ।

 


३. रिसोर्ट वल्र्ड सिन्टोसा : सिंगापुरमा रहेको यो भवन ४.९३ बिलियन डलरमा निर्माण भएको हो । विश्वकै सबैभन्दा महङ्गो क्यासिनोहरुमा तेस्रो नम्बरमा रहेको क्यासिनो हो । यो ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

४. इमिरेट्स प्यालेस : यूएईको अबू धाबीमा रहेको यो भवन ६० मिटर अग्लो भवन (ठ स्टार) होटल हो । यो भवन ब्रिटिश आर्किटेक्टको डिजाइनमा निर्माण भएको हो । यो ३.९० बिलियन डलरमा निर्माण भएको हो ।

५. कोस्मोपोलिटन : अमेरिकाको लस भेगासमा रहेको यो भवनमा ५२ तला रहेको छ । यसको निर्माण ३.९ बिलियन डलरमा भएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!