काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुलस्थित वीरेन्द्रनगर नगरपालिका-६ घर भएका ४४ वर्षीय नारायण गौतमले संचालन गरेको युजिन ट्रेडर्स एण्ड सप्लायर्समा बुधबार राति आगलागी हुँदा सप्लायर्समा रहेको खाद्म वस्तुहरु जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।