हिपमत डटकम

बिहिबार, पौष २९, २०७८ || 584  पटक पढिएको

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिन मंगलबारको भन्दा २७ प्रतिशत बढी हो। बुधबार कोभिड–१९ का कारण ३८० जनाको ज्यान गएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा बढी छन्। दैनिक संक्रमणदर १३.११ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या पाँच हजार ४८८ पुगेको छ।

हालसम्म भारतमा तीन करोड ५९ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण चार लाख ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!