पर्यटकीय स्थलमा साथीहरुसँग मोजमस्ती गर्ने चक्करमा मानिसहरु यति लापरवाह हुन्छन् नि उनीहरुले आफ्नो ज्यानसमेत जोखिममा पार्ने गर्छन् ।

२० वर्षका एक युवकले यस्तै लापरवाहीका कारण ज्यान गुमाएका छन् । रिपोर्टका अनुसार यी युवकको करिब सय फिट गहिरो खाल्डोमा खसेर मृत्यु भएको हो ।

ब्रेडली स्टीटर केही दिन अघि आफ्ना साथीहरुसँग अष्ट्रेलियास्थित लाइमस्टोन कोस्ट नामको पहाडी इलाकामा साथीहरुसँग घुम्न गएका थिए ।

साथीहरुलाई स्टन्ट देखाउने चक्करमा उनले आफ्नो इहलीला नै समाप्त गरे ।

ब्रेडली लाइमस्टोन कोस्टको रेलिङमा दुई हात टेकेर खुट्टा माथि पारेर उभिएका थिए ।

त्यति नै बेला उनको शरीरको नियन्त्रण गुम्यो र सय फिट गहिरो खाल्डोमा खस्न पुगे ।

घटनास्थलमा रहेका इन्स्पेक्टर क्याम्पबेल हिलले एबीसी न्यूजसँगको कुराकानीमा ती युवकको खाल्डोमा खसेका कारण मृत्यु भएको पुष्टि गरे ।

उनको शवलाई आइतबार राती निकालिएको पनि जानकारी दिए ।

स्मरण रहोस्, दक्षिण अष्ट्रेलियाको लाइमस्टोन कोस्ट पर्यटकबीच निकै चर्चित क्षेत्र हो । ब्रेडलीको मृत्यु एउटा दुर्घटना मात्रै हो ।

अहिलेसम्म भएको अनुसन्धानमा कुनै प्रकारको षड्यन्त्र नदेखिएको पनि प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!