हिपमत डटकम

बुधबार, पौष २८, २०७८ || 631  पटक पढिएको

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तिव्र रूपमा फैलिएपछि सरकारले प्रतिबन्धात्मक नियम लागू गर्न सुरू गरेको छ।

सिसिएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिनका लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाण पत्र देखाउनुपर्ने नियम लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

यसैबीच काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि २५ जनाभन्दा बढी भेला हुन नदिनेलगायतका प्रतिबन्धहरू लागू गरेको छ।

सरकारको पछिल्लो निर्णयसँगै खोप लगाउन छुटेकाहरू खोप लागउन थालेका छन्। खोप केन्द्रहरुमा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको भिड बढ्न थालेको छ।

मोरङ लगायत प्रदेश १ विभिन्न अस्पतालमा पछिल्लो केही दिनयता खोप लगाउन जानेको संख्या बढेको छ। खोप लगाउन सयौंको संख्यामा लाइन बसेर पालो कुरिरहेका छन्।

यसैबीच नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो।

मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!