बिहिबार, फाल्गुण ०८, २०७६ || 1120  पटक पढिएको

केभिन डि ब्रुयनाले एक गोल गर्दै अर्को गोलको अवसर सृजना गरेपछि म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि २–० को सहज जीत हासिल गरेको छ । युरोपियन प्रतियोगितामा युईएफएले दुई वर्षको प्रतिबन्ध लगाएपछि सिटीको यो पहिलो खेल थियो ।

शुक्रबार सुनाइएको प्रतिबन्धको सजायबिरुद्ध सिटीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा पुनरावेदन गर्ने जनाइएको छ ।

यता, मैदानमा सिटीका समर्थकहरुले युरोपेली फुटबलको नियामक निकायविरुद्ध नाराबाजी गरेका थिए । जब रोड्रीले खेलको ३० औँ मिनेटमा गोलगरेपछि युईएफए विरोधी नारा झन् घन्किएको थियो । उनीहरुले युईएफए विरोधी ब्यानर पनि देखाएका थिए ।

खेलको ६२ औँ मिनेटमा डि ब्रुयनाले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । यसबीच ग्याब्रियल जिसुसले गोलको थुप्रै अवसर गुमाएका थिए ।

जीतपछि २५ खेलपछि सिटीको ५१ अंक रहेको छ र शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २२ अंकले पछि रहेको छ। अब सिटीले शनिबार तेस्रो स्थानमा रहेको लेस्टर सिटीको सामना गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!