हिपमत डटकम

सोमबार, पौष २६, २०७८ || 824  पटक पढिएको

नेपालमा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४४६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।२५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ को मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ।

यस्तै, काठमाडौं उपत्यकामा ८७६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!