हिपमत डटकम

आइतबार, पौष २५, २०७८ || 421  पटक पढिएको

पोखरा। गण्डकी प्रदेशको राजधानी पोखराको न्युरोडमा केहि समय वन्द रहेको शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा आएको छ ।
थप सेवा सुबिधा सहित पुनः सञ्चालनमा उक्त इम्पोरियमलाइ गृहलक्ष्मी ग्यासँ कम्पनिका अध्यक्ष धर्मराज बर्तौला महिला व्यवसायी एवंम समाजसेवि प्रभा कार्की,महिला उधमी सिता बराल र केदार बराल रहेका छन् । तीन जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको इम्पोरियमको अभिनेत्री करिष्मा मानन्धरले उद्घाटन गरिन् ।

इम्पोरियमकी ब्राण्ड एम्वेसडर समेत रहेकी अभिनेत्री मानन्धरले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताइन् । त्यस्तै सञ्चालक सीता बरालले व्यवसायमा लाग्दा विभिन्न उतार चढावलाई झेल्दै आएको बताउँदै अब एउटा उदाहरणको रुपमा निरन्तर व्यवसायमा लागिरहने प्रतिवद्धता व्यक्त गरिन् । त्यस्तै महिलाहरुले समाजमा लड्नु परेका सामाजीक विभेद र कुरुती तर्फ अझै एक जुट भएर अगाडी वढ्नु पर्ने कलाकार करिश्मा मानेन्धरले बताउनु भएको थियो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं राजनीतिकर्मी विश्वशंकर पालिखेले एक पटकको असफलताले मानिसलाई पाठ सिकाउने उल्लेख गर्दै निरन्तरको प्रयासले मानिस सफल हुने बताए ।

सञ्चार उद्यमी सुनयना पालिखेले लडेर फेरी उठन सक्नु नै ठुलो कुरा भएको उल्लेख गर्दै थप उर्जा सहित पुनः व्यावसायमा फर्किएर सबै महिला उद्यमीहरुका लागि उदाहरण बनेको भन्दै बरालको प्रशंसा गरिन् । बरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले हिम्मत नै सबैभन्दा ठूलो कुरा भएको बताइन् ।

कार्यक्रममा इम्पोरियमका अध्यक्ष धर्मराज बराल, महिला उद्यमी सीता पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्मा, इभेन्ट म्यानेजर बिशाल गुरुङ रघरेलु तथा साना उधोग महासघं गण्डकी प्रदेश महिला उधमी समितिको महासचिव बसन्त के.सि लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संचारकर्मी अनिषा श्रेष्ठले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!