बिहिबार, फाल्गुण ०८, २०७६ || 714  पटक पढिएको

सुनसरीको रामधुनी नगरपालिका-७ का २६ बर्षीय मिलन राईको पैनीमा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ४ बजेको समयमा रामधुनी नगरपालिका-७ चौबिसबिघा भन्ने स्थानमा रहेको पैनीको पानीमा नुहाउने क्रममा अचानक पैनीमा खसेर डुब्दा राईको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले राईलाई पैनीमा मृत फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!