हिपमत डटकम

आइतबार, पौष २५, २०७८ || 600  पटक पढिएको

रौतहट।कोरोना महामारी भन्दा पहिला देखि नै गौर बैरगनिया बन्द रहेको नेपाली भारतीय टेम्पो,ई-रिक्सा तथा टाङ्गा पुन: सुचारु गर्न स्थानीय नेताहरुले जिल्ला प्रशासन गौरमा ज्ञापन पत्र बुझाएका छन्।

महामारी भन्दा पहिला भारतीय टेम्पो तथा टाङ्गाहरु गौरको हुलाक कार्यालय सम्म पुग्न सर्व सधारणले भारतको १० रुपैयाँ तिरी सहज रुपमा आई रहदा सो अवस्था अहिले कायम नरहेको देखिएको हो। सर्वसधारणले गौर बैरगनिया आवत जावत गर्न सवारीसाधन सुचारू नहुँदा पीडा खेपिरहेका राजनीतिक दलका नेताहरूले बताए। लामो समय देखि बन्द रहेको गौर बैरगनिया नाका सुचारू भएपछि निजी सवारीसाधन चलिरहेको खण्डमा सार्वजनिक सवारीसाधन पनि गौर भन्सार हुँदै आवतजावत गर्न दिन नेपाली कांग्रेसका युवा नेता मोहन यादव,नेकपा माअोबादीका चन्देश्वर राउत,एकीकृत समावादीका शम्भु साह, जन्ता समावादीका अमरुल हकले सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन्।

सर्वसाधारणले पहिला थोरै भाडामा सहज तरिकाले वारिपारी गर्दा पनि अहिले दोहोरो भाडा तिरी आवतजावत गर्न धेरै कठिनाइ भई रहेको राजनीतिक दलका अगुवा नेताहरुले बताएका छन्। गौर भन्सारका नियमित प्रमुख सुशील शर्माको रवैयाले सर्वसाधारणले भोगी रहेको समस्या चाँडै सच्याउन राजनीतिक दलका अगुवाहरूले ज्ञापनपत्र बुझाएका छन्।

गौर बैरगनिया नाकामा तैनाथ भारतीय प्रहरीले ९ बजे राति नाका बन्द गरेको खण्डमा गौर भन्सारका प्रमुख शर्माको निर्देशनमा ७ बजे नै बन्द गरि सवारीसाधन आवतजावतमा समेत रोक लगाउँदा सर्वसाधारणले दु:ख भोगिरहेका छन्।

गौर भन्सार प्रमुख शर्माको राणा शासन रवैयाले सर्वसाधारणले भारतको बैरगनिया पुगि केही समान तथा बिवाह र श्राद्भका समानहरु किनेर ल्याउँदा सो समानहरु प्रमुखका दुतहरुले ल्याउन नदिने र ल्याउँदा बल जबर्जस्ती भन्सार काट्न लगाउने गरेका छन्। श्राद्ध तथा बिवाहका समान समेत ल्याउँदा सर्वसाधारणलाई दु:ख दिने तथा नेपाल भारतको बेटीरोटीको सम्बन्ध बिगार्न खोजी रहेको चार दलका राजनीतिक अगुवा नेताहरुले बताए। यस्तो कार्य जो कोही गरेमा राज्यले छिटै समाधान नगरे रौतहटमा ठुलो दुर्घटना हुने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!