
माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ । रंगेली नगरपालिका ९ स्थित वीरेन्द्र नि . मा. विद्यालय बिधालयमा पुगेर स्वास्थ्य शिविर काे आयाेजना गरिएको छ ।


साे शिविरमा रंगेली, दाेहमना, फर्सडागी, बेलचाेक लगायतका बालिका, बृद्ध, बृद्धा हरुले स्वास्थ्य परिक्षण गराएका थिए । टाईम्स अस्पतालका सर्जन बिभाग का डाक्टरले भने अहिले जाडाेकाे समय भएको हुनाले स-साना बालबालिकाहरुलाई बडि मात्रामा ज्वर ,रुघाखोकी , स्वासप्रस्वास तथा बृद्ध हरुमा हात खुट्टाका जाेडनि बडि मात्रामा दुखाइ हुने समस्या देखा परेको उनलेे बताए ।

साेहि क्रममा अस्पतालले बिरामी हरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो । साे शिविरमा २ सय जना बिरामीहरुले चेकजाँच गराउनका गराएका थिए । टाईम्स अस्पतालका अध्यक्ष भक्तराज सुब्बा , मेनेजमेन्ट प्रमुख पारस मंन्डल , डाक्टर डा. अमरेन्द्र पी.डी. कुशवाहा डा.सुनिल मण्डल डा.कञ्चन चौधरीले बिरामी हरुकाे उपचार गर्नुका साथै अस्पतालले निशुल्क अाैषधि तथा ईसिजि सेवा समेत प्रदान गरेको थियो ।

दोहमना संघर्षशिल युबा क्लब काे आयोजनामा स्वास्थ्य शिविर गरेको छ।