राजिव शाह

आइतबार, पौष २५, २०७८ || 753  पटक पढिएको

श्रमिक मुलुक कतारमा कोरोना भाइरस उच्च देखिए पछि स्वास्थ्य मन्त्रालयले नियम कडाइका प्रतिबन्ध सुरु गरेको छ । कतार दैनिक ३/४ हजार कोरोना भाइरस संक्रमण देखिन थाले पछि शनिबार पुन प्रतिबन्ध सुरु गरिएको हो ।
कतार स्थित नेपाल दूतावासले समेत कतार सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न कतार स्थित रहेका आप्रवासी सबैमा अनुरोध गरेको छ ।

गत बिहीबार बैठकले शनिबार देखि अनिवार्य मास्कको प्रयोग,एहतराज एप, कम्तीमा १ मिटरको दुरी कायम र निजी सवारीसाधनमा ४ जना भन्दा बढी बस्न नपाउने गरी निर्णय भएको छ ।
एक मिटरको दुरीमा शुक्रबारको नमाज प्रथना गर्न पाइने १२ बर्ष मुनिका बालबालिकालाई प्रवेश नदिइने जनाइएको छ ।

खुल्ला स्थानमा भएको विवाह हलमा ८० र बन्द हल भित्र ४० जना सम्मले पार्टी गर्न पाइने तर सबैले खोप लगाएको हुनुपर्ने छ । कतारमा अहिले सुपर मार्केट,महजिद,मैट्रो यातायात सार्वजनिक स्थानमा आवतजावत गर्नेलाई एहतराज एप महत्वपूर्ण भएको देखिन्छ । जुन एपले पुर्ण भ्याक्सिन लिएको देखाउनु पर्छ । द पेनिनसुला न्युजका अनुसार ८ जनवरी २०२२ मा जनस्वास्थ्य मन्त्रालयले ३४८७ कोरोनाभाइरसका घटनाहरू रिपोर्ट गरेको छ। लोकल केस २ हजार ७९४ र बाहिरबाट आएका यात्रुहरु ६९३
गरी ३ हजार ४७८ संक्रमित थपिएको छ । हाल सम्म सक्रिय संख्या १८ हजार ७९१ रहेको छ । कतारमा हालसम्म कुल कोभिड-१९ सङ्क्रमितको सङ्ख्या: २ लाख ६६हजार ९६२ छ । पछिल्लो २४ घण्टामा निको भएका संक्रमितको संख्या ४ सय ११ र हाल सम्म निको भएका कुल संख्या: २ लाख ४७ हजार ५५३ छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या: ० अहिलेसम्म मृत्यु हुनेको कुल संख्या : ६१८
Covid-19 परीक्षण
पछिल्लो 24 घण्टामा पहिलो पटक परीक्षण गरिएका व्यक्तिहरूको संख्या: ६ हजार ७५०

पछिल्लो २४ घण्टामा परीक्षणको कुल संख्या: ३६ हजार २३८ र अहिलेसम्म परीक्षण गरिएका व्यक्तिहरूको कुल संख्या: ३२ लाख २३ हजार ८७७ रहेको छ । ICU मा Covid-19 बिरामीहरूको कुल संख्या: ४८ जना रहेका छन् ।
अस्पतालमा Covid-19 बिरामीहरूको कुल संख्या: ५ सय ३२ जना छन् । खोप अभियान सुरु भएदेखि हालसम्म कुल कोभिड-१९ खोपको खुराकको सङ्ख्या: ५२ लाख ७५ हजर ६५९ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!