बिहिबार, फाल्गुण ०८, २०७६ || 683  पटक पढिएको

जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् ।प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ।

बीबीसीका अनुसार बुधबार राति १० बजेतिर भएको उक्त घटनामा संलग्न सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको त्यहाँको प्रहरीले जनाएको छ।गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो।

दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ।अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।

अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ।सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ।बन्दुक राख्ने पाउने विषयमा कडा कानुन भएको जर्मनीमा गोलीकाण्डका घटना विरलै हुन्छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!