हिपमत डटकम

शनिबार, पौष २४, २०७८ || 594  पटक पढिएको

विराटनगर । नेकपा एमाले मोरङको नौ जिल्ला अधिवेशनको दोस्रो दिनको बन्द सत्र पुनः शनिबार बिहान ८ बजे देखि सुुरु हुदै छ । विराटनगरको बगरगाछी स्थित होटल मनास्लुमा हुने उक्त बन्द सत्रले शनिबार नै विभिन्न प्रतिबेदनहरु पास गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयनसँगै शनिबार बेलुकासम्ममा जिल्ला अधिवेशन सकिने जिल्ला अधिवेशन बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो ।

जिल्ला अधिवेसनले पाँचजना पदाधिकारी सहित १६५ जनाको जिल्ला कमिटी निर्वाचित गर्ने छ । जसमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र , उप सचिव दुई तथा १६० जना जिल्ला सदस्य रहने छन् । जिल्ला सदस्यहरुको प्रतिनिधित्वका लागि भूगोल, समावेशी, र खुल्ला गरी विभिन्न तीन क्षेत्रमा विभाजन गरिएको छ । जसमा भूगोलबाट १८ जना महिला सहित ६१ जना, समावेशी क्षेत्रबाट १६ जना महिला सहित ४६ र खुल्लाबाट २० जना महिला सहित ५३ जनाको कोटा निर्धाण गरिएको छ ।

भूगालेल तर्फ महानगर पालिकाबाट दुई महिला सहित पाँच जना, हरेक नगरपालिकाबाट एक महिला सहित चार जना, हरेक गाउँपालिकाबाट एक महिला सहित तीन जना गरी गरी कुल ६१ जना जना जिल्ला सदस्य निर्वाचित हुनेछन् ।
त्यस्तै समावेशी तर्फ आदिवासी जनजाती क्षेत्रबाट पाँच जना महिला सहित १३ जना, दलित क्षेत्रबाट तीन महिला सहित सात जना, मधेशी र पिछडा वर्गबाट तीन महिला सहित नौ जना, मुस्लिमबाट दुई महिला सहित छ जना, अपाङगताबाट एक महिला सहित दुई जना र पेशागत क्षेत्रबाट दुई महिला सहित पाँच जना जिल्ला सदस्यहरु निर्वाचित हुनेछन् ।

भूगालेबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्यहरुले जिल्ला भित्रको हरेका स्थानीय तहबाट, खुल्लाबाट प्रतिनिधित्व गर्नेहरुले हलबाट, र समावेशी तर्फकाले तोकिएको समावेशी क्षेत्रबाट नमिनेशन गरी सम्बन्धित क्षेत्रबाट निर्वाचित भई आउनु पर्ने छ ।

यस पटक कमिटी निर्माणका लागि नेतृत्वले सर्वसम्मत नै गर्ने सोचाई बनाएकाले जिल्ला सदस्यहरुले आफ्नो कोटा भित्रबाट सर्वसम्मत गरेमा पुग्ने देखिन्छ । पार्टी भित्र फरक फरक समुह नभएका कारणले प्रयाजसो क्षेत्रबाठ सर्वसम्मत नै हुने स्थिति पनि देखिन्छ ।
खुल्ला बाहेक भूगोल र समावेशी क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुलाई शुक्रबार रातभरी छलफल गरी शनिबार विहानसम्ममा बन्द सत्रको रिपोर्टि समितिलाई नाम बुझाउन अध्यक्ष मण्डलका अध्यक्ष तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले शुक्रबार बेलुका नै बन्द सत्रका हलमा निर्देशन गरिसकेका छन् । खुल्ला तर्फका सदस्यहरुको पनि शनिबार दिनभरीमा नाम टुङ्गो लाग्ने बताइएको छ ।

बन्दसत्रमा प्रस्तुत गरिने राजनीतिक, साङ्गाठानिक र आर्थिक प्रतिवेदन शुक्रबार बेलुका नै निवर्तमान जिल्ला अध्यक्ष ऋषिकेस पोखरेलले प्रस्तुत गरिसकेका छन् । तीनैवटै प्रतिवेदन माथि शनिबार बिहानको बन्द सत्रमा छलफल भई पास हुने र त्यस पछि जिल्ला पदाधिकारी तथा सदस्यहरुको निर्वाचन प्रक्रिया अगाडि बढने जनाइएको छ ।
जिल्ला कमिटीको निर्वाचनका लागि अधिबक्ता चुडामणी आचार्यको संयोजकत्वमा शनिबार नै १२ सदस्य निर्वाचन समिति निर्माण गरिसकिएको छ ।

निर्वाचन समिति बाहेक बन्द सत्र सञ्चालनका लागि पार्टी केन्द्रीय सदस्य विनोद ढकाललको संयोजकत्वमा एक अध्यक्ष मण्डल, अर्जुन अधिकारीको संयोजकत्वमा एक माइनोट समिति र केन्द्रीय सदस्य यूवराज बास्कोटाको संयोजकत्वमा एक रिर्पोटिङ समितिको गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!