सर्लाही । प्रदेश २ सर्लाही जिल्लाको बरहथवामा सुबिधा सम्पन्न बाबा पार्टी प्यालेस संचालनमा आउने भएको छ । पार्टी प्यालेस संचालनमा आए संगै बरहथवा लगायत वरिपरि क्षेत्रका मानिसहरुको लागि विवाह लगायत सभा गोष्ठी सेमिनार सहितका कार्यक्रमहरु संचालन गर्न सहज हुने विश्वास लिइएको हो ।

सर्लाही सदरमुकाम मलंगवा र अर्को ठूलो बजार हरिवनमा समेत नभएको आधुनिक शैलीको सुविधा सम्पन्न बाबा पार्टी प्यालेस निर्माण हुन लागेको संचालक राकेश प्रसाद चौधरीले बताए । उनका अनुसार पाँच तले यस पार्टी प्यालेसमा छुटाछुटै कार्यक्रमको लागि छुटाछुटै मिटिङ्ग हल लगायतको सुबिधाहरुको व्यवस्था गरिएको छ ।

प्यालेसमा डिलक्स, ननडिल्क्स, एसी, ननएसी लगायतका श्यनकक्ष, विवाह हल सहित १०० जना र ५०० जनासम्म बस्न सक्ने ४ वटा छुटाछुटै मिटिङ्ग हल रहने संचालक चौधरीले बताए । विवाहको लागि पार्टी प्यालेस प्राङ्गण भित्र भव्य मन्दिरको निर्माण समेत हुन लागेको उनले बताए ।

चैधरीले भने “बाबा पार्टी प्यालेसमा बच्चाहरुको लागि चिल्ड्रेन पार्क, युवा युवती सहित सबैका लागि कफि सप र रेष्टुरेन्ट अलग अलग रहने छ । रेष्टुरेन्ट किचेन र बरियाती किचेन समेत छुटाछुटै रहनेछ । बरहथवा लगायत यस क्षेत्रमा हुने तालिम, गोष्ठी, सभा, सेमिनार, विवाह, वैवाहिक वर्षगाँठ, जन्मोत्सव लगायत कार्यक्रमहरुको लागि बाबा पार्टी प्यालेस सहज शुलभ र उपयुक्त हुने छ ।”

यस पार्टी प्यालेसको शुभारम्भ (उद्घाटन) कामाख्या परिवार नेपालका अध्यक्ष गुरु बाबा विभाष लाभको शुभजन्मोत्सव तथा कामाख्या परिवार नेपालको वार्षिक उत्सव कार्यक्रमको आयोजना गरि गरिएको हो । चौधरी कामाख्या परिवार नेपाल सर्लाही शाखाका अध्यक्ष पनि हुन् । “प्यालेसको उद्घाटन भई सकेको भएपनि निर्माण कार्य सम्पन्न हुन बाँकी रहेकोले सर्वसाधारणको लागि संचालन गरिएको छैन । आउँदो असोज अर्थात २०७९ सालको विजया दशैंमा पूर्णतः संचालनमा आउने” संचालक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!