बिराटनगर । आज बसेको नेपाली कांग्रेस मोरंग जिल्ला कार्यसमितिको नव निर्वाचित कार्यसमितिको बैठकमा सम्पुर्ण जिल्ला सदस्यहरुलाई आ-आफ्नो ठाउँमा भएको समस्य बुझन पार्टि सभापति डिगबहादुर लिम्बुले निर्देशन दिएका छन् ।

हामि बैठकमा आउने जाने र सहि छापा मात्र लगाउने होईन अब हामि नयाँ तरिकाबाट जानु पर्छ तपाईहरुको गाउँघरमा केके समस्या छ त्यो समस्याहरु टिपोट गरेर ल्याउनुस उक्त समस्याको समाधानको बिषयमा अब हामि नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङले सकेको पहल गरेर समस्याहरुको समाधान निकाल्नु पर्छ जनताको सेवामा निरन्तर लाग्नु पर्छ सम्पूर्ण सदस्यहरुलाई डिगबहादुर लिम्बुले निर्देशन दिए।

गाउँ घरमा बेरोजगार भएर बसेका युवाहरुकोलागि स्वरोजगार बनाउन कार्यक्रमहरु लिएर हामि अगाडी बढ्छौ ।हाम्रो पार्टिको मात्र होईन अन्य युवाहरुलाई पनि स्वरोजगार र आत्मनिर्भर बनाउन हामि लागि पर्ने छौ । स्वरोजगार कार्यक्रमकोलागि एउटा फन्ट निर्माण गरेर अगाडी बढ्ने लिम्बुले बताए ।

आज बसेको पार्टीको पहिलो बैठकले एक बर्षभरी गरिने कामहरुको योजना निर्माण गर्न ५ सदस्यायी TORसमिति निर्माण गरेको छ। समितिको संयोजकमा पार्टी उपसभापति भक्तिनाथ माझि रहेका छन् सचिवमा पार्टी जिल्ला सचिव समेत रहेका मोदराज घिमिरे रहेका छन् ,सदस्यमा जिल्ला सदस्यहरु वीरेन्द्रकुमार साह ,अञ्जना अधिकारि र कमला रिमाल चयन भएका छन्।

आज बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकमा परिचयात्मक कार्यक्रम समेत राखिएको थियो। नव निर्वाचित जिल्ला कार्य समितिका सदस्य एवम पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्न पुष ३० गते बिराटनगरमा कार्यक्रमको आयोजना गर्ने पार्टी सचिब मोदराज घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!