हिपमत डटकम

आइतबार, पौष १८, २०७८ || 602  पटक पढिएको

निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित सिनेमा ‘आरआरआर’ को रिलिज हुने मिति फेरि सरेको छ। भारतमा कोरोना भाइरस संक्रमित संख्या वृद्धि र नयाँ ओमिक्रोन भेरिएन्टको जोखिमका कारण ‘आरआरआर’ डेट धकेलिएको हो।

दक्षिण भारतीय सिनेमाका सुपरस्टार रामचरण र जुनियर एनटिआरको मुख्य भूमिका भएको तेलूगु भाषाको फिल्म जनवरी ७ मा सिनेमा हलमा प्रदर्शन हुने तयारी थियो। डिभिभी इन्टरटेनमेन्टद्वारा निर्मित आरआरआर प्रदर्शन हुनुभन्दा छ दिनअघि यसको रिलिज डेट सरेको हो। देशभर भव्य प्रचारात्मक गतिविधि गरिएको यो फिल्मको रिलिज डेट सार्ने निर्णय आरआरआर फिल्मको आधिकारिक ट्विटर खातामार्फत् जानकारी गराइएको एनडिटिभी डटकमले जनाएको छ।

ट्विटमा लेखिएको छ, ‘सबै सम्बन्धित पक्षहरूको हितलाई ध्यानमा राख्दै हामी हाम्रो फिल्म स्थगित गर्न बाध्य भएका छौं। सबै फ्यान र दर्शकहरूलाई निःसर्त मायाका लागि हार्दिक धन्यवाद।’

संक्रमणका कारण धेरै राज्यमा सिनेमा हल बन्द भएकोले फिल्म रिलिज नगर्न ‘बाध्य’ भएको निर्माताको भनाइ छ।

‘हाम्रो अथक प्रयासको बावजुद केही परिस्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर छन्। धेरै भारतीय राज्यहरूले हल बन्द गर्दै छन्, हामीसँग तपाईंसामु आफ्नो उत्साह कायम राख्न अनुरोध गर्नुको विकल्प छैन। हामी भारतीय सिनेमाको माहोल फिर्ता ल्याउने वाचा गर्दछौं। सही समय, हामी गर्नेछौं,’ निर्माताले भनेका छन्।

हालै दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरणले सिनेमा हलहरू र जिम सेन्टर तत्कालै प्रभावकारी रुपमा साथ बन्द गर्न आदेश दिएको थियो। पसलहरू र सार्वजनिक यातायात सञ्चालनमा विभिन्न प्रतिबन्ध लगाइएको थियो।

महाराष्ट्रमा राज्य सरकारले गत हप्ता सिनेमा हलहरूलाई ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्न आदेश दिएको निर्देशन दियो। देशभर कोभिड-१९ का घटना बढेका कारण ढिलाइ भएको आरआरआर दोस्रो सिनेमा हो। यसअघि शाहिद कपुरको जर्सीको डिसेम्बर ३१ मा निर्धारित रिलिज मिति स्थगित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!