हिपमत डटकम

शनिबार, पौष १७, २०७८ || 728  पटक पढिएको
फ़ाईल तस्बिर

भावी मेयरमा कांग्रेस केन्द्ीय सदस्य अमृत अर्यालको चर्चा गर्नेको कमी छैन तर, उनी आफै भने यसका लागि तयार छैनन् ।
‘मेयरमा उठ्ने मेरो कुनै योजना र तयारी छैन’ नेपाल प्रेस युनियन मोरङले बुधबार उनकै निवासमा गरेको पत्रकार सम्मेलनमा अर्यालले भने, ‘मेरो निर्वाचन क्षेत्र ५ हो र, यसैमा रमेको छु, क्षेत्रका कार्यकर्ताको माझमा छु ।’

मेयरको दौडमा अहिलेसम्म वर्तमान मेयर भीम पराजुलीले अझै एक कार्यकाल काम गर्न चाहेको बताइसकेका छन् । कांग्रेस उपसभापति नागेश कोइराला पनि मेयरको दौडमा अघि बढेका छन् ।

साढे ४ बर्षअघि भएको स्थानिय निर्वाचनमा समेत अर्यालको नाम अगाडि आएको थियो । तर, भीम पराजुलीले टिकट पाएपछि उनले दिलोज्यान दिएर विजय गराउन सहयोग गरेका थिए । ‘म मेयरमा उठ्ने कुरा कहाँबाट आयो थाहा छैन तर, यसमा पटक्कै कुनै रुची छैन, मेरो क्षेत्रमै काम गर्दैछु’ अर्यालले थपे ।

अर्यालले संवाददाताहरूको प्रश्नको जवाफमा कांग्रेसलाई भावनात्मक रूपले एक बनाउन नसक्ने हो भने पार्टी कमजोर हुने र, आउँदा स्थानिय, प्रदेश र संघीय निर्वाचनमा कमजोर देखिने उल्लेख गरे ।

‘१४ औं महाधिवेशनमा म एउटा विचार समूहबाट निर्वाचन लडें, राजिव कोइराला अर्कै तर, हामीबीच मिलेर जाने, मिलाएर अघि बढ्ने सहमति भएको छ, हामी चाँडै प्रदेशका १४ वटै जिल्ला पुग्छौ र, एकताको सन्देश दिन्छौं’ उनले भने ।

‘तपाईं विजयी भएपछि डा. शेखर कोइरालाले बधाई दिनुभयो त ? उहाँ सभापतिमा हार्दै गर्दा सहानुभूति प्रकट गर्नुभयो ?’ भनेर न्यू सृष्टि दैनिकले प्रश्न गर्दा अर्यालले भने, ‘डा. कोइराला म भन्दा सिनियर हुनुहुन्छ, अहिलेसम्म भेट भएको छैन तर, म कोइराला निवास जान्छु, उहाँसित कुरा गर्छु, महाधिवेशन सकिएकाले अन्य निर्वाचनका लागि कांग्रेसलाई बलियो बनाउने हो भने हामी एक नभइकन सुखै छैन ।’

अर्यालले प्रधानमन्त्री शेरबहादुर देउवासित हालैको एक भेटमा आफुले निर्वाचन गर्दा पहिले प्रतिनिधिसभाको हुनुपर्ने सुझाव दिएको बताए । ‘किनभने स्थानियबाट सुरु गर्दा कांग्रेसमात्र होइन अन्य पार्टीमा पनि टिकट नपाएको झोंक पोखिनेछ’ उनले भने, ‘असर प्रदेश र प्रतिनिधिसभामा देखिने छ, प्रतिनिधिसभाको ग¥यो भने नकारात्मक प्रभाव कम हुन्छ, कार्यकर्तामा एकताको लहर देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!